२१ बैशाख २०८१, शुक्रबार

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छः अध्यक्ष यादव

प्रकाशित मिति :  9 May, 2023 3:10 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।

मंगलवार सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो सुझाव दिएका हुन्। उनले आर्थिक अवस्था सुधार गर्न सबै भन्दा पहिला कृषिमा लगानी बढाउनुपर्नेमा जाेड दिए ।

उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने यादवकाे भनाइ छ । उनले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नसकेपनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताए।

“मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ, त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृृषि उत्पादनमा वृद्धि नै हो,” उनले भने, “कृषिमा आज लगानी गर्नुभयो भने तीन, चार महिनापछि नै नतिजा आउँछ ।”

जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नु पर्ने उनकाे भनाइ छ । विभिन्न कालखण्डमा अत्याधिक मुनाफामा रहेका उद्योग, कलकारखाना निजीकरण र उदारीकरणका नाममा कौडीका मूल्यमा बेचियो, वा प्राइभेटाइज गरिनु आज ती सबै रुग्ण अवस्थामा रहेकाेप्रति उनले चिन्ता व्यक्त गरे ।

“तिनलाई पुनः सञ्चालन गर्ने “वीरगञ्ज चिनी काराखाना, कृषि औजार कारखाना, चुरोट कारखाना लगायत कारखाना पुनः सञ्चालन गर्न सकिन्छ । त्यो सञ्चालको नीति निर्माण गरेर अघि बढ्ने हो भने, त्यसले उत्पादन वृद्धि गर्न सकिन्छ ।” उनले भने।

पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै हरित क्रान्ति कार्यक्रम लागू गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने भनाइ उनकाे छ।



प्रतिक्रिया दिनुहोस !