१२ श्रावण २०८१, शनिबार

गुल्मीमा बन्दै गरेको पुल बाढीले बगायो

प्रकाशित मिति :  16 April, 2020 3:46 pm


गुल्मी, ४ वैशाख ।

गुल्मीमा गएराती परेको अबिरल वर्षासँगै बाढी आउँदा बन्दै गरेको पुल बगाएको छ ।

मुसिकोट नगरपालिकाको पौदीअमराई र कल्यार जोड्न निर्माण हुँदै गरेको पुल दोस्रोपटक भत्किएको हो ।

गत वर्षको वैशाख १ गते खोलामा आएको बाढीका कारण ढलान गरेको दुई दिनपछि पुल भत्किएको थियो ।

पुल भत्किएको ८ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर, अहिलेसम्म निर्माण पुरा हुनसकेका छैन ।
स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तरर्गत कुल ५ करोड १७ लाख रुपैयाँको लागतमा पुल निर्माण अघि बढेको    थियो ।



प्रतिक्रिया दिनुहोस !