८ बैशाख २०८१, शनिबार

कोरोना विरुद्ध लडाइमा ह्वावेः एसिया प्रशान्तमा एआइ सेवा, ३० हजार डलरको निशुल्क क्लाउड

प्रकाशित मिति :  17 April, 2020 1:59 pm


काठमाडौं, ५ वैशाख ।

चीनिया बहुराष्ट्रिय टेलिकम्युनिकेसन कम्पनी ह्वावेले कोरोना विरुद्धको लडाइमा प्राविधिक सहयोग बढाउन थालेको छ । ह्वोले एसिया प्रशान्त क्षेत्रमा कृतिम वौद्धिकता (एआइ) सुविधा उपलब्ध गराएको छ भने साझेदार कम्पनीलाई ३० हजार डलर बाबरको क्लाउड सुविधा निशुल्क उपलब्ध गराएको हो ।

कोरोना (कोभिड १९) महामारी नियन्त्रणका लागि ‘कोभिड १९ सँगको लडाइमा प्रविधि’ परियोजनामा काम गरिरहेको ह्वावेले जनाएको छ । जस अन्तर्गत ह्वावेले एसिया प्रशान्त क्षेत्रका देशमा एआई आधारत प्रविधि उपलब्ध गराइ, भिडियो कन्फ्रेन्सको माध्यमबाट प्रविधि चलाउने तालिम दिएर उपचारमा हुन सक्ने संक्रमणबाट डाक्टर र चिकित्साकर्मीहरूलाई सुरक्षित राख्न ह्वावेले सघाएको हो ।

विशेषगरि टेलिमेडिसिनका माध्यमबाट कोरोना नियन्त्रणका लागि ह्वावेको सहयोग केन्द्रीत देखिन्छ । ह्वावेले इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, बंगलादेश लगाएतका मुलुकमा त्यहाँको सम्पर्क चुनौतीका आधारमा कोभिड–१९ महामारीका बेला चाहिने अत्यावश्यक सेवा जोड्न र सहयोग पु¥याउन चाहिने प्राविधिक उपकरण उपलब्ध गराएको हो ।

कोरोनाभाइरससँगको लडाइँमा विकसित भएका प्रविधिमा भिडियोका माध्यमाबाट तत्काल गतिविधि सञ्चालन विधि ‘लाभइ भिडियो स्ट्रिमिङ’ टाढा रहेर विषय विधिको समन्वय गर्नु, टाढा रहेर रोगको निदान खोज्नु र टाढा रहेर सुरक्षा गर्नु एसिया प्रशान्त क्षेत्रका देशहरूमा विकसित भएका प्रविधिहरू हुन् ।

थाइल्यान्डमा ह्वावेले टेलिमेडिसिन भिडियो कन्फ्रेन्स सलुसन अस्पतालहरू र रोग नियन्त्रण विभागमा उपलब्ध गराएर सरकार र चिकित्सा विज्ञहरूलाई महामारी रोकथाम, बहुपक्षिय समन्वय, अनलाइन परामर्श र अन्तरक्रियात्मक तालिम मात्रै नभइ निदान क्षमता अभिवृद्धिका साथै समग्र चिकित्सा टोलीलाई हुन सक्ने संक्रमणबाट जोगाउने काम गरिरहेको छ । थाइल्यान्डका डिजिटल इकोनामी र सोसाइटी मन्त्रीले ह्वावेको फाइभ जी सलुसन र एआइ टेक्नलजि आधारित निदान र उपचार प्रणाली ल्याएका छन् ।

फिलिपिन्सको बागुइओ जेनरल हस्पिटल र मेडिकल सेन्टरले सीटी स्क्यानिङका लागि ह्वावेको एआई आधारित सलुसन ल्याएर डाक्टरलाई कोभिड–१९को बिरामी पत्ता लगाउन थालिएको छ । बंगलादेशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र स्वास्थ्य तथा सेवा महानिर्देशनालयले ह्वावेको भिडियो कन्फ्रेन्सिङ प्रणाली प्रयोग गरी सरकारलाई महामारी विरूद्धको लडाइँमा सक्षम बनाइरहेको छ ।

यसैगरी सिङ्गापुरको ७ नेटवर्कले ह्वावेको क्लाउड सलुसन दैनिक स्वास्थ्य जाँच प्लेटफर्ममा उपलब्ध गराउँछ । ह्वावेले आफ्ना साझेदारलाई एआई सपोर्ट मात्रै उपलब्ध गराउँदैन ३० हजार अमेरिकी डलर बराबरको निशुल्क क्लाउड सोर्स प्राप्त गरिरहेका छन् ।

विश्वभर टेलिकम्युनिकेसन उपकरणको व्यापारमा अग्रणी कम्पनी ह्वावेले पछिल्ला वर्षहरुमा एआइ, विग डेटा, क्लाउड सर्भिस, स्मार्टफोन तथा ट्याव लगाएतका ग्योजट उत्पादनमा लगानी बढाइरहेको छ । नेपालको टेलिकम्युनिकेसनका अधिकांस उपकरण र सेवा समेत ह्वावेको छ ।

 



प्रतिक्रिया दिनुहोस !