१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो एक दिनमा ४ हजार ८ सय २२ जनाको कोरोना परीक्षण,दुई जिल्लामा सुरु हुन बाँकी

प्रकाशित मिति :  17 April, 2020 4:53 pm


काठमाडौं, ५ वैशाख ।

सरकारले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको कोरोना भाइरसको परीक्षण भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता डा. विकास देवकोटाले परीक्षण गर्ने संख्या बढीरहेको भन्दै पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको परीक्षण भएको जानकारी गराएका हुन ।

उनले अहिलेसम्म पीसीआरबाट ७ हजार ६ सय ८८ जना तथा आरडीटी विधिबाट १६ हजार २ सय ५३ जनाको परीक्षण भएको जानकारी दिए ।
अहिलेसम्म देशभर कुल २४ हजार २ सय ५३ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भएको छ भने आरडीटी किट सबै प्रदेशमा थप ३० हजार पठाईएको छ ।

पाटन अस्पताल ललितपुरमा पिसिआर मेसिन जडान भइसकेको र अब छिटै परीक्षण सुरु हुने मन्त्री देवकोटाले जानकारी दिए । उनका अनुसार अब देशैभरी १४ वटा पीसीआर मार्फत कोरोना भाइरस परीक्षण हुने छ ।



प्रतिक्रिया दिनुहोस !