११ बैशाख २०८१, मंगलबार

नेपालमा एकैदिन १४ मा कोरोना संक्रमणको पुष्टि, संक्रमतिको संख्या ३० पुग्यो

प्रकाशित मिति :  17 April, 2020 7:44 pm


काठमाडौं, ५ वैशाख। 

एकै दिन १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

उदयपुरमा आज १२ र चितवनमा २ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

अहिलेसम्म १६ जना मात्रै संक्रमित भएकोमा आज एकै दिन १४ जना संक्रमित भेटिएका हुन् । उदयपुरको भुल्केमा रहेको मस्जिदमा रहेका १६ जना मध्य १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुरका १२ जना नै पुरुष रहेका छन् । उनीहरु क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।

त्यस्तै चितवनमा २७ बर्षिय पुरुष र ६३ बर्षिय महिला रहेका छन् ।  राप्ती नगरपालिका ८ का आमा छोरामा कोरोना संक्रमण रहेको भेटिएको छ । उनीहरु बेलायतबाट आएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !