२३ बैशाख २०८१, आइतबार

कलाकारकाे लकडाउन अनुभवः संगीत साधना निरन्तर, घरपरिवारसँग घुलमिलको अवसर

प्रकाशित मिति :  19 April, 2020 8:48 am


 

काठमाडाै, ७ वैशाख । 

लकडाउन हरेक हप्ता थपिएको थपिएै छ । कोराना संक्रमण बढेको छ । 

यस्तोमा लकडाउन अझै लम्बिने संकेतहरु आइरहेका छन् । रोगले न आफ्नो न पराइ भन्छ ।  कोरोनाले कसैलाई चिन्दैन । त्यसैले सरकारले घोषणा गरेको लकडाउन पालना गर्नु सबैको कर्तब्य हो र अधिकांसले पालना गरिरहेका छन् । सडकमा जनता अलपत्र परेको, हिडेरै घर पुगेको खबर पनि आइरहेका छन् ।

तर जागिरे वा दैनिक घर बाहिर धेरै विताउनु पर्नेका लागि लकडाउन घरमा समय व्यतित गर्ने अवसर बनेको पाइन्छ ।

स्रोत, दर्शक र पाठकहरुका लागि गीत, संगीत र अभिनयमा विताउने कलाकारहरुको दैनिकी कस्तो छ त ? लुम्बिनी संचारले गीत, संगीत र कलाका प्रतिनिधी पात्रहरुसँग कुराकानी गरेको छ ।

राधा-कृष्णलाई घर नै संगीत घर

बाध्यबाधक कृष्ण पुन र गायिका राधिका हमाल

बाध्यवादन तथा गायन क्षेत्रमा सक्रिय कृष्ण पुन लकडाउनका कारण बानेश्वर स्थित घरमै दिन विताइरहेका छन ।

आफन्त साथीभाईसंग टेलिफोन, सामाजिक संजाल मार्फत सम्पर्क सम्वाद हुने गरेको छ, उनको । रेकर्डिङ स्टुडियो समेत चलाइरहेको उनको स्टुडियो ‘म्यूजिक बैंक भने बन्द छ ।

घरको छत, कोठामा तलमाथी गर्दै उनको दैनिकी चलिरहेको छ ।

जीवनसाथी समेत गायिका भएको घरमा साधना, संगीत भने जारी छ । जीवन संगीनी राधिका हमाल अब्बल लोकगायिका हुन् । सामान्य अवस्थामा देश विदेशमा कन्सर्टमा व्यस्त हुने उनी पनि श्रीमानसँग लकडाउनमै  छिन् ।

तर, दुबै जना संगीतको क्षेत्रमा भएकाले गाना बजानामै लकडाउन कटाइरहेका छन् । लकडाउनले तनाव भन्दा पनि ‘फ्रेस’ बनाएको दुबै जनाको अनुभूति छ ।

कार्यव्यस्तताले परिवारका कम समय व्यतित गर्ने अवस्था रहने भएकाले बाध्यकारी लकडाउनले पारिवारिक माहोल राम्रो भएको अनुभव छ ।

संगीत साधना र व्यायममै दैनिकी : शान्ति श्री परियार

शान्तिश्री परियार, गायिका

गायिका शान्तिश्री काठमाडौमै छिन् ।

रोल्पा थातथलो भएकी गायिका लकडाउनका कारण घर जान पाएकी छैनन् ।

तर, परिवारका आधाजसो सदस्यसंग काठमाडौमा समय बिताइरहेकी गायिका लकडाउनका कारण सांगीतिक गतिविधि रोकिएपछि घर भित्रै संगीत साधना गरिरहेकी छन् ।

संगीत नै जीवन भएको बताउदै साधना जस्तो सुकै अवस्थामा पनिजारी राख्नुपर्ने उनको धारणा छ । वबहिर निस्कन नपाएपछि गायिका परियार घरभित्र गरिने शारिरीक कसरत गर्दै खाना बनाउँदै समय बिताइरहेको बताउँछिन् ।

स्वास्थ्य सवैभन्दा ठूलो कुरा भएका कारण सवै सचेत भएर लकडाउनको पालना गर्नुपर्ने उनको धारणा छ ।

लुम्बिनी संचारसँगको कुराकानीमा उनले लकडाउनका बेला सरकारले जारी गरेको नियमहरु पालना गरेर कोरोना विरुद्धको लडाइमा साथ दिन सबै नेपालीलाई आग्रह गरिन् ।

ठट्यौली गर्दै गाउँमा रमाउदै कमल गाउँले

कमल गाउँले, हास्य कलाकार

कलाकारितामा लागेपछि दाङको जन्मथलो छोडेर काठमाडौंलाई कर्मथलो बनाएका हास्य कलाकार कमल गाउँले लकडाउन पहिले नै गाउँ फर्किएका थिए ।

धेरै समयपछि गाउँले जीवनको मजा लिन पाएको उनको अनुभव छ । काफल पाकिरहेको समय, खेतवारीको काम गर्दै लकडाउनको सदुपयोग भैरहेको उनले बताए ।

दुरी कायम गरेर खेतवारीमा काम गर्दा रमाइलो समेत भैरहेको उनको अनुभव छ ।

बजार क्षेत्रमा बस्नेहरुलाई खाद्यान्न तरकारी लगाएको समस्या हुने भए पनि घरमै फलाएको तरकारी खाद्यान्न हुने भएपछि गाउँमा लकडाउनको जस्तो अनुभव पनि नभएको उनको भनाई छ ।

त्यसो त आफ्नो कलाकर्मलाई घरमै वस्दा समेत छोडेका छैनन । मानिसहरुलाई हसाउने उनि अहिले सचेतनाका भिडियो बनाएर युट्युवमा राख्छन । धेरै मानिसले उनको कामको प्रशंसा गरेका छन् ।

संगीत, समाचार र सिनेमा  दैनिकी :प्रकाश सपुत

प्रकाश सपुत, गायक

अहिलेका चल्तिका लोक गायक प्रकाश सपुत, बाग्लुङका स्थायी बासिन्दा हुन् । गायक सपुत लकडाउन भन्दा केहि समयपहिले पोखरा पुगेका थिए ।

लकडाउन हुने हल्लासंगै थातथलो बाग्लुङ पुगेका सपुत अहिले उतै छन् । लकडाउनले गाउँले जिवनलाई खासै प्रभाव नपार्ने उनको धारणा    छ ।

उनका अनुसार अन्य बन्दका समयमा पनि गाउँले जनजीवन सधाझैँ चलिरहेको हुन्छ । अहिले पनि चलिरहेको छ । तर, अहिले फरक समय भएकोले सजकता अलि वढि अपनाउनु पर्ने उनको धारणा छ ।

अरुजस्तै घरपरीवारसँग समय वितिरहेको छ उनको । घरमै वस्दा समय पनि धेरै भएकोले संगित, समाचार सुन्ने, फिल्म हेरेर समय विताइरहेका छन उनले ।

लकडाउनलाई सबैले पालना गरेमा कोरोनाविरुद्धको लडाइ जित्न सहज हुने उनको धारणा छ । लकडाउनको पालना गर्दै जहाँ जस्तो अवस्थामा भए पनि समयको नदुपयोग गर्ने कोसिस गर्न उनी आव्हान गर्छन् ।



प्रतिक्रिया दिनुहोस !