१२ श्रावण २०८१, शनिबार

अमेरिकामा कोरोनाको औषधी सफलता नजिक, अनुसन्धाता कम्पनीको सेयर मूल्य आकासियो

प्रकाशित मिति :  17 April, 2020 11:43 pm


टेक्सास, ६ वैशाख ।

कोरोनाको उपचारमा प्रयोग हुने औषधी पत्ता लगाउनमा अमेरिकाले सफलता हात पारेको छ । मेडिकल अनुसन्धानको काम गर्ने एक कम्पनीले तेस्रो चरणको परिक्षणमा समेत सफलता पाएपछि कम्पनीको सेयरसमेत अकासिन थालेको छ ।

विश्वले कोरोनाको खोपको प्रतिक्षा गरिरहँदा औषधीमा भने सफलता पाइएको छ । अमेरिकी कम्पनी जिलिडले एक हजार जनामा गरेको परिक्षणमा सफलता पाएको हो । मानिसमा कोरोना लाग्नु अघि र लागेपछि गरिएको परिक्षणमा कोरोना (कोभिड १९) पूर्ण रुपमा निको भएको पाइएको छ । कम्पनीले अमेरिका, जापान चीनसमेतमा औषधीको परिक्षणमा सफलता पाएको हो ।

अमेरिकन सरकारी निकाय फुड एण्ड ड्रग एडमिड्टेसन(एफडिए) को प्रत्यक्ष निगरानीमा तीन पटकसम्म सफलता पाएपछि कम्पनीको चर्चा बढेको छ । कम्पनीले चौथो चरणमा ६ हजारमा परिक्षण गर्दैछ भने एफडिएले मसिनोसँग मूल्यांकन गरिरहेको छ ।

चौथो चरणको अनुसन्धानमा सफलता हात पर्नु भनेको औषधिलाई सार्वजनिक रुपमा विक्री गर्नका लागि अन्तिम अनुमति लिनेसमेतको लागि गरिने अनुसन्धान हो । जसका लागि एफडिएले अनुमति दिनु पर्ने हुन्छ ।

अमेरिकामा कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । कम्पनीले फ्रेब्रअरी १० देखि नै अनुसन्धान सुरु गरिएकोमा हाल आएर सफलता पाइएको हो । जिलिड कम्पनीकाे सेयर एकै दिनमा ७४ बाट ८२ मा पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !