७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

प्रकाशित मिति :  1 June, 2023 11:58 am


तस्विर : प्रदीपराज वन्त

काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ ।

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटवार्ता पछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीले आजै अपरान्ह ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र साढे चार बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।

साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।



प्रतिक्रिया दिनुहोस !