१४ बैशाख २०८१, शुक्रबार

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय बिरुवा

प्रकाशित मिति :  6 June, 2023 12:16 pm


काठमाडौँ । बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँको चखन्डोल सामुदायिक वनमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको अवसरमा सो कार्यको शुभारम्भ गरिएको हो ।

रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले नवीन मियावाकी प्रविधि प्रयोग गरी १५०० रूख रोप्ने कार्यको नेतृत्व गर्नेछ। यो पहल बीवाईडीको भिजन ‘कुल द अर्थ बाई वान डिग्री’ दृष्टिकोणसँग मिल्ने र वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीको अटल प्रतिबद्धता प्रदर्शन गर्ने बताइएको छ ।

विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा समेटिएको काठमाडौँ लामो समयदेखि वायुप्रदुषणका हानिकारक प्रदुषण झेल्दै आएको छ । यो पहल गरेर साइमेक्सले काठमाडाैँमा वायु प्रदुषणको प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।

‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ अभियानले बृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी बृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र विविध खालको रुखहरुको वृक्षारोपण गरी चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिनेछ ।

कार्यक्रमा वन तथा वातावरण मन्त्री डा। वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर उद्घाटन समारोहमा सहभागिता जनाएका थिए ।

साइमेक्स इंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ग्राहक, पर्यावरणविद्, सरकारी प्रतिनिधि र बीवाईडी नेपालको सम्मानित ब्राण्ड एम्बेसडर हरिवंश आचार्य जस्ता प्रमुख व्यक्तिहरूलाई पनि निमन्त्रणा गरेको थियो ।

वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २०० रुखको औपचारिक रोपण गरी कार्यक्रमको समापन भएको थियो भने बाँकी १ हजार ३०० रुखहरू आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस !