२४ माघ २०८२, शनिबार

भारतकाे नयाँ संसदमा नेपाली भूमिसहितको नक्शाबारे कुरा नउठाएको भन्ने साँचो होइनः प्रधानमन्त्री

प्रकाशित मिति :  8 June, 2023 8:32 am


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्। 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टिकरण दिएका हुन्। प्रधानमन्त्री दाहालले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताए।

“पहिलो कुरा संसदको नक्शाबारे कुरा भयो । मैले गम्भिर रुपमा नै उठाए । किनकी त्यो धेरे अध्ययन भईसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ ।,” प्रधानमन्त्री दाहालले भने ।

भारतले संसद भवनमा राखेकाे नक्सा राजनीतिक नभइ ऐतिहासिक र सांस्कृतिक नक्शा रहेकाले यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने भारतीय पक्षकाे भनाइ रहेकाे उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस !