२२ बैशाख २०८१, शनिबार

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीको माग

प्रकाशित मिति :  9 June, 2023 3:49 pm


काठमाडाैँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् ।  शुक्रबार काठमाडमौँमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ट्रकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले सरकार समक्ष यस्तो माग राखेका हुन् ।

व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने माग गरेका छन् । व्यवसायीले  पर्यटन तथा हवाइ क्षेत्रमा सरकारले व्यवस्था गरेका करका दरप्रति असन्तुष्टि जनाउँदै नयाँ प्रस्ताव राखेका छन् । व्यवसायीहरूले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ/संगठन सम्मिलित विज्ञ समूह/समिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरू १ वर्षपछि मात्र लागू हुनेगरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

व्यवसायीहरूले कोभिड १९ महामारीबाट भर्खरै लयमा फर्कंदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने बताए ।

नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महँगो भएको बताए । उनले सरकारले करका दर हेरफेर गर्दा केमा बढाउने र केमा घटाउने भन्ने कुनै छलफल बिना नै भ्याट बढाइएकोप्रति असन्तुष्टि जनाए ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले सरकारले देशलाई लगिरहेको गतिले व्यवसाय सञ्चालन गर्न नसकिने बताए । उनले पर्यटन व्यवसायीहरूले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताए ।

सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन् । भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महँगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् ।

पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !