६ जेष्ठ २०८१, आइतबार

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

प्रकाशित मिति :  18 April, 2020 8:35 pm


काठमाण्डौं, ६ वैशाख ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना ६५ बर्षीया पुरुषमा कोरोनाको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ,‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको छ जस मध्ये आज मात्रै १ जनामा नयाँ पुष्टी भएको छ ।’ मन्त्रालयले संक्रमित व्यक्तिको नाम र ठेगाना भने सार्वजनिक गरेको छैन ।

यसअघि ३० जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा ३ जना निको भएर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !