२१ बैशाख २०८१, शुक्रबार

मलेसियाबाट आएको राष्ट्रिय ध्वजावाहक जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

प्रकाशित मिति :  13 June, 2023 10:05 am


काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ ।

एक वर्षअघि काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आज पहिलो पटकमलेसियाको क्वालालम्पुरबाट उडान भरेको हो ।

मलेसियाको क्वालालम्पुरबाट मलेसियाका पर्यटन व्यवसायी सहितआएको ९ एन ए केएक्स विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवा विमानस्थलमा स्वागत गरेका छन् ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !