६ जेष्ठ २०८१, आइतबार

विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला महानगरले तोड्यो

प्रकाशित मिति :  13 June, 2023 3:10 pm


काठमाडौँ । विद्यार्थी संगठनले काठमाडौँ महानगरभित्र रहेका ३ वटा विद्यालयमा लगाएको ताला काठमाडौँ महानगरपालिकाले ताेडेको छ ।

विभिन्न माग राख्दै महानगरले ठूलो भ¥याङ्मा रहेको संस्कृति इन्टरनेशनल विद्यालय, बाँसबारीमा रहेको युलियन्स स्कूल र वृहस्पति माध्यामिकमा विद्यार्थी संगठनले लगाएको ताला ताेडेकाे हाे ।

यस विषयमा धारणा राख्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालयले नियमको पालना नगरेको पाइएमा महानगरमा उजुरी गर्न अनुरोध समेत गरेका छन् ।

लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेजस्ता नियमको पालना गराउन महानगर आफैँले नियमित अनुगमन र नियमनका काम गर्न निरन्तर लागिपरेको जानकारी दिए ।

अनेरास्ववियु ९क्रान्तिकारी० काठमाडौं जिल्ला समितिले आइतबार छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर तीन विद्यालयहरुमा ताला लगाएको थियो ।



प्रतिक्रिया दिनुहोस !