२१ बैशाख २०८१, शुक्रबार

नागरिक-सैनिक सम्बन्ध बढाउन सेनाले बनायो राेल्पाकाे थबाङमा हेलिप्याड

प्रकाशित मिति :  15 June, 2023 2:11 pm


उमा के सी – 

राेल्पा। नेपाली सेनाले रोल्पाको थबाङ गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । नागरिक सैनिक सम्बन्ध बढाउन भन्दै नेपाली सेनाले हेलिप्याड निर्माण गरेको हो ।

सेनाले थबाङ गाउँपालिका वडा नंं १ बिबाङमा पक्की हेलिप्याड निर्माण गरेको हो । गत पुस २८ गतेदेखि निर्माण सुरू गरिएको हेलिप्याड माघ २५ गते सम्पन्न भएको थियो । 

हेलिप्याड निर्माणमा बटुक दल गण रोल्पामा कार्यरत १५ जना जनशक्तिको लगातारको  खटन पछि निर्माण गरिएको गणपति मणिराम थापाले जानकारी दिए।

मोटरबाटोको पहुँचबाट टाढा रहेको क्षेत्रका स्थानीयहरूलाई भौगोलिक विकटताका कारण आइपर्न सक्ने आपतकालिन उद्धार तथा राहातका लागि उक्त हेलिप्याड निर्माण गरिएको गणपति थापाले बताए । सेनाले आफ्नै आर्थिक श्रोतबाट सिघ्रप्रभावकारी योजना अन्तर्गत उक्त हेलिप्याड निर्माण गरेको उनकाे भनाइ छ।

सेनाले निर्माण गरको सो हेलिप्याड स्थानीय तहलाई हस्तारण गरेको छ । सेनाले एक कार्यक्रमको आयोजना गरि उक्त हेलिप्याड थबाङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गणपति थापाले सो हेलिप्याड थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरलाई हस्तान्तरण गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !