२२ बैशाख २०८१, शनिबार

उद्घाटनकाे छ महिनापछि पाेखरा विमानस्थलमा आज पहिलाे अन्तर्राष्ट्रिय उडान हुँदै

प्रकाशित मिति :  21 June, 2023 7:32 am


काठमाडाैँ । आज पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान हुने भएको छ। चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पोखरामा चार्टर उडान गर्नेे भएकाे हाे।

उडानका लागि सम्पूरर्ण तयारी भइसकेकाे जनाइएकाे छ । पोखरामा हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुन चिनियाँ टाेली र हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे टाेली साे विमानबाट आउनेछन् ।

बुधबार ९ बजे अवतरणकाे समय ताेकिएकाे विमानका यात्रुकाे स्वागतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समेतकाे टाेली पाेखरा पुगेकाे छ ।

गत वर्ष पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएकाे हाे। यसअघि आन्तरिक विमानमात्र आवतजावत भइरहेकाेमा विमानस्थलमा उत्घाटनकाे छ महिनापछि पहिलाे अन्तर्राष्ट्रिय उडान हुने निश्चित भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !