२२ बैशाख २०८१, शनिबार

पाेखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छः राजदुत श्रीवास्तव

प्रकाशित मिति :  21 June, 2023 8:38 am


काठमाडाैँ। नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।
बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए।

उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताए। भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको उनकाे प्रतिवद्धता छ ।

“पर्यटनको हिसावले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ,” उनले भने, “यसका लागि भरतीय दुतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरु अहिले पनि पोखरा आउँछन् । नयाँ सडक, नयाँ एयरपोर्टका माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।”

राजदुत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेका छन् ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !