६ जेष्ठ २०८१, आइतबार

शुक्रराज ट्रपिकल अस्पतालका डाक्टर पुन स्वास्थ्य मन्त्रालयमा, गलत प्रचार नगरिदिन आग्रह (डा.पुनको विज्ञप्तिसहित)

प्रकाशित मिति :  19 April, 2020 5:10 pm


काठमाडाै, ७ वैशाख ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन मन्त्रालय गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोलाएपछि आज डा. पुन आज मन्त्रालय गएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको काममा ‘असर नपर्ने’गरि बोलाईएको र डाक्टर पुन मन्त्रालय आइसकेको सहसचिव रघुराम विष्टले जानकारी दिए ।

नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहसचिव विष्टले अस्पतालको काममा बाधा नपुग्ने कोभिड—१९ को अभियानका लागि डा.पुनलाई बोलाएको बताएका छन् । आजै मन्त्रालयमा उपस्थित भएका डा.पुनले पनि गलत प्रचार नगरिदिन आग्रह गरेका छन् । पुनको विज्ञप्ति यस्तो छः

 

मिडियामा कोरोना भाइरसबारे जनचेतना फैलाएको भन्दै डा.पुनलाई मन्त्रालयले कारवाही गरि अस्पतालबाट फिर्ता बोलाइएको भन्दै आलोचन भइरहेको छ ।

मन्त्रालयका सहसचिव विष्टले मिडियामा अनावश्यक प्रचार भएको भन्दै आपत्ति जनाएका छन् । विष्टले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चरित्र हत्या गर्ने र कोभिड—१९ को अभियानमा असर पर्ने गरि समाचार लेखिएको भन्दै कडा अपत्ति जनाए । नियमित पत्रकार सम्मेलनमा सहसचिव विष्टको भनाई:



प्रतिक्रिया दिनुहोस !