६ जेष्ठ २०८१, आइतबार

कोरोना निको भएर चौथो व्यक्ति पनि घर फर्किए

प्रकाशित मिति :  19 April, 2020 5:32 pm


कैलाली, ७ वैशाख ।

कोरोना संक्रमति भएका एक युवकपनि निको भएर घर फर्किएका छन् ।

सेती अस्पतालमा उपचार गराइ राखेका युवा आज डिस्चार्ज भएका हुन् ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सेती अस्पतालमा राखेर उपचार भइरहेको थियो ।

उपचारपछि निको भएकाले आज घर पठाईएको अस्पतालले जनाएको छ । घर गएको एक हप्तासम्म सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । कोरोना निको हुने उनी चौथो संक्रमित हुन् ।

अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना निको भएर घर फर्किएका छन् । हिजो मात्रै दुईजना निको भएर घर गएका थिए ।



प्रतिक्रिया दिनुहोस !