२१ बैशाख २०८१, शुक्रबार

समिति सभापति घर्तीद्धारा काठमाण्डौंमा अफ्ठेरोमा परेका रोल्पाका श्रमिकलाई खाद्यान्न वितरण र अनुगमन

प्रकाशित मिति :  19 April, 2020 6:19 pm


काठमाडाै, ७ वैशाख ।

रोल्पाकी सांसद तथा प्रतिनीधिसभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाँउमा अफ्ठेरोमा परेका श्रमिकहरुलाई खाद्यान्न लगायत राहत वितरण गरेकी छन् ।

लकडाउनका कारण उपत्यकाका विभिन्न इट्टा भट्टामा समस्यामा परेका रोल्पाका श्रमिकहरुसँग भेटघाट गरि आज खाद्यान्न वितरण गरेकी    हुन् ।

समिति सभापति घर्तीले सबैभन्दा समस्यामा परेका ललितपुरको हरिसिद्धीमा इट्टा भट्टामा कार्यरत ७८ जना श्रमिकलाई १५ बोरा चामल, ४० किलो दाल, तेल नुन वितरण गरेकी छन् ।

उनले भनिन्,‘हरिसिद्धीमा ७८ जनालाइ खान वस्नेकाे पनि समस्या देखेर तत्कालै त्यहाँकाे पसमा अनुराेध गरेर खाद्यान्न वितरण गरेकाे छु, अागामी दिनमा सहयाेग गर्ने जनप्रतिनिधिले प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।’  हरिसिद्धीमा वडा कार्यालयले दुव्र्यवहार समेत गरेको श्रमिकहरुले गुनासो गरेको उनले बताईन् । समिति घर्तीले भक्तपुरको जागातीमा १ सय ५० जनासँग भेट गरेर आजै जानकारी लिएकी छन् ।

उनले भनिन्,‘जागातीमा रहेका १ सय ५० जनाको समूहलाई खान र बस्न चाहीँ दिएको रहेछ, भक्तपुरमा जनप्रतिनीधिपनि खटिएको देखियो ।’ बुंगमती, सैपुमा पनि रोल्पाका एक सय जना श्रमिक रहेको र उनीहरुसँग आजै भेट गरेको बताईन् ।

उनले भनिन्,‘त्यता खानबस्न त दिएको रहेछ । जान नदिएपनि खान बस्न दिएको भन्नुभयो उहाँहरुले ।’ काठमाण्डौं उपत्यकाका विभिन्न इट्टा भट्टामा काम गर्ने झण्डै ३ सय रोल्पाका श्रमिकलाई भेटेको र समस्या कम भएको ठाँउमा स्थानीय तह र प्रशासनसँग सहजताका लागि कुराकानी गरेको घर्तीले जानकारी दिईन् । सहजताका लागि कुराकानी गरेको घर्तीले जानकारी दिईन् ।

दोलखा र काभ्रेका श्रमिकका लागि पार्टीसँग समन्वय

सांसद घर्तीले दोलखामा सम्पर्कमा आएका १८ जना र काभ्रेमा रहेका १७ जनालाई स्थानीय पार्टी कमिटीसँग समन्वय गरेको जानकारी दिईन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य समेत रहेकी उनले भनिन,‘ मैले स्थानीय पार्टी कमिटीलाई भनेर व्यवस्था गर्न भनेको छु । खर्च भएको सबै म तिर्छु तर व्यस्था गरिदिनुस् भनेको छु ।’

घर्तीले रोल्पाका श्रमिकहरु बढी नै समस्यामा परेको जानकारी आएपछि सम्पर्क गरिरहेको र आफू नै कार्यक्षेत्रमै गएको जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस !