१६ बैशाख २०८१, आइतबार

भारतको ओडिसामा बस दुर्घटना हुदाँ ११ जनाको मृत्यु

प्रकाशित मिति :  26 June, 2023 11:50 am


काठमाडौँ । भारतको ओडिसा राज्यस्थित गन्जम जिल्लामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ यात्रु सिकिस्त घाइते भएका छन् ।

सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले मृतकका परिवारलाई ३–३ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

ओडिसा राज्य सडक परिवहन निगमको बस र एक निजी बस आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

घाइतेहरूकाे ओडिसाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !