२२ बैशाख २०८१, शनिबार

भैरहवाबाट हङकङ सिधा उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स

प्रकाशित मिति :  27 June, 2023 2:03 pm


काठमाडौं । नेपाल एयरलाइन्सले गौतमबुद्द अन्तराष्टिय विमानस्थल भैरहवाबाट हङकङ सिधा उडान गर्ने भएको छ ।

राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सले काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेकोमा अब भने भैरहवाबाट पनि उडान सुरु गर्न लागेको नेपाल वायु सेवा निगमले जनाएको छ ।

निगमले भैरहवाबाट हङकङसँगै भारतको नयाँ दिल्लीमा पनि उडान सुरु गर्ने तयारीमा रहेको बताएको छ ।

भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी कतिवटा उडान गर्ने भन्ने ट्ंगो नलागेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।उनले भने ‘भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक÷दुई दिनमै टुङ्गो लाग्छ । नयाँदिल्लीसहित अन्य मुलुकमा पनि उडान विस्तार गर्ने योजना छ।’

निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो ।

विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरले उडान गर्दै आएपछि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !