२५ बैशाख २०८१, मंगलबार

न्युयोर्कमा कोरोना मृत्युदर घट्न थाल्यो

प्रकाशित मिति :  21 April, 2020 7:33 am


अमेरिकाकाे न्युयाेर्क सहर ।

काठमाडाैं, ९ वैशाख । 

कोरोना (कोभिड १९) संक्रमणको केन्द्र बनिरहेको अमेरिकामा भाइरसको प्रभाव घट्न थालेको देखिएको छ । न्युयोर्क प्रान्तमा भाइसबाट हुने मृत्युदर दुई साता यता पहिलो पटक कमी आएको हो ।

भाइसरको संक्रमण बढ्न थालेपछि अप्रिल २ यताको न्यूयोर्कमा दैनिक मर्नेको संख्यामा कमी आइ ५ सय मुनि पुगेको छ । सोमबार यो संख्या ४७८ छ । अप्रिल २ यता यो दैनिक मृत्यु सबै भन्दा कम हो । अमेरिकाका अन्य प्रभावित प्रान्त न्यूजर्सी र कनेक्टीकटमा पनि दैनिक मृत्यु दरमा कमी आएको पाइएको छ । विस्तारै मृत्यु हुेनेको संख्या पनि घट्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेको संख्या बढे पनि मृत्युदरको विश्लेषण गरेर भाइसरको प्रभावको आकलन गर्ने गरिन्छ । दैनिक मृत्यु दरमा कमी आए पछि न्यूयोर्कका गर्भनर एन्डरू एम कुमो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने भएका छन् । भाइरस परीक्षण र भाइरससँग लड्न चाहिने क्षमताहरूको विषयमा कुमोले ट्रम्पसँगको भेटमा छलफल गर्ने भएको अमेरिकन संचारमाध्यमले जनाएका छन् ।

हालसम्म विश्वभर करिव २५ लाखमा संक्रमण पुष्टी भएको छ भने मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ । विश्वभर कोरोना परिक्षणलाई प्राथमिकतामा राखिएको छ । अमेरिकामा मात्र ४० लाख मानिसमा कोरोना परिक्षण गरिएको छ । विश्वभर कोरोनाबाट निको हुनेको संख्या साढे ६ लाख पुग्दैछ ।



प्रतिक्रिया दिनुहोस !