२२ बैशाख २०८१, शनिबार

प्राधिकरणको नयाँ नियम, मनसुन अवधिभर हिमाली क्षेत्रमा हेलिकप्टर उडाउन नपाउने

प्रकाशित मिति :  13 July, 2023 2:32 pm


काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधीभर हिमालमा हेलिकप्टर उडानमा रोक लगाएको छ ।

मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गर्दै मनसुन अवधीभर हिमाली क्षेत्रमा हेलिकप्टर उठानमा रोक लगाएको छ ।

प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न समेत रोक लगाएको छ । देशभरका अन्य विमानस्थललाई दिएको हेलिकप्टर चार्टर उडान मनसुन अवधिभरका लागि प्राधिकरणको मुख्यालयमा तानेको छ।

प्राधिकरणले कम्पनीमा सेयरधनीका रुपमा रहेका पाइलटलाई हेलिकोप्टर उडाउन रोक लगाउने निर्णय गरेको छ ।

प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन ९सेप्टेम्बर २०२३० भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ ।

प्राधिकरणले हेलिकप्टर तथा स्टल विमानस्थल ९सानो धावनमार्ग भएका हिमाल र पहाडका विमानस्थल०मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले गर्ने भएको छ । यसका लागि अब एक कमिटिले काम गर्ने प्राधिकरणले जनाएको छ ।

माउन्टेन फ्लाइटको लागि मंगलबार सोलुखुम्बुु पुगेको मनाङ एयरको हेलिकप्टर सोलुको सुर्केबाट काठमाडौं फर्किने क्रममा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !