२२ बैशाख २०८१, शनिबार

भद्रपुर उडेको बुद्धएयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर अवतरण

प्रकाशित मिति :  14 July, 2023 3:30 pm


काठमाडौं । काठमाडौंबाट भद्रपुरको लागि उडेको बुद्धएयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ । शुक्रबार काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको (एन एएनप कलसाइन) भएको जहाजमा समस्या आएपछि पुनः काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर अवतरण भएको छ ।

६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ः५३ बजेउडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको जहाज काठमाडौं फर्किएको त्रिभुवन विमानस्टलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

जहाजमा समस्या आएपछि काठमाडौंबाट उडेको १८ मिनेट अर्थात् २ः१० बजे पुनः काठमाडौं फर्किएको सिटौलाले बताए ।

सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको र उक्त जहाजलाई चेकजाँचको लागि ग्राउण्डेड गरिएको सिटौलाले बताए।



प्रतिक्रिया दिनुहोस !