१४ बैशाख २०८१, शुक्रबार

थप एकजना कोरोना संक्रमित भेटिए,संक्रमित संख्या ३२ पुग्यो

प्रकाशित मिति :  21 April, 2020 4:31 pm


काठमाण्डौं, ९ वैशाख ।

नेपालमा थप एक जना संक्रमित व्यक्ति भेटिएका छन् ।

उदयपुका ३३ बर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरबाट संकलन भएको एक व्यक्तिको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

यो संगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । यद्यपी ४ जना भने निको भएर घर फर्कीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !