२ जेष्ठ २०८१, बुधबार

संघीय सरकारको कोरोना कोषमा अहिलेसम्म २ अर्ब ११ करोड रुपैयाँ संकलन

प्रकाशित मिति :  22 April, 2020 12:01 pm


काठमाण्डौं, १० वैशाख ।

संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्रै १ करोड ३५ लाख तीन हजार ४ सय २० रुपैयाँ कोषमा जम्मा भएको छ ।

मङ्गलबार एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २ सय ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९सय १३ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै भेरी प्राविधिक शिक्षालय रु दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपालबाट २ लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ सङ्कलन भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !