१३ बैशाख २०८१, बिहिबार

थप तीन जनामा कोरोन संक्रमणको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

प्रकाशित मिति :  22 April, 2020 4:30 pm


काठमाण्डौं, १० वैशाख ।

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

आज थप तीन जनामा कोरोन संक्रमणको पुष्टि भएको हो ।

यसअघि ४२ जनामा कोरोना संक्रमणको पुष्टि भईसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षणमा तीनजनाको पोजेटिभ देखिएको जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाले भने,‘ थप तीन जनामा कोरोना पोजेटिभ देखिएसँग संक्रमितको संख्या ४५ पुगेको छ ।’

आज संक्रमित देखिएका मध्य २४,६० र ७२ बर्षीय पुरुष रहेका छन् । मन्त्रालयले उनीहरुको ठेगाना भने खुलाएको छैन ।

संक्रमित सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म ७ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !