२२ बैशाख २०८१, शनिबार

अल्टिमा एक्सचेन्ज मेला : पुरानो ईयरफोनसँग नयाँ साट्न पाउने

प्रकाशित मिति :  8 August, 2023 6:24 pm


काठमाडौँ । अल्टिमा लाइफस्टाइलले मेला आयोजनाको घोषणा गरेको छ । वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनको नेपाली ब्रान्डले अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको हो । अल्टिमाले अडियो पे्रमीहरुका लागि दुई दिने महोत्सव आयोजना गर्ने जनाएको छ ।

यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने अवसर रहेको जनाएको छ । सुन्धारामा रहेको सिभिल मलको पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म साउन २६ र २७ गते हुने उल्लेख गरिएको छ ।

यस मेलामा अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न सकिने जनाइएको छ ।

कम्पनीका अनुसार यस टप अफ द लाइन टु« वायरलेस स्टेरियो टि डब्लु एसरु।१,१९९ मा उपलब्ध हुने छ ।



प्रतिक्रिया दिनुहोस !