३ जेष्ठ २०८१, बिहिबार

दैनिक ३ घण्टा बचत तथा ऋण सहकारी संस्था खोल्न दिने बागमती प्रदेश सरकारको निर्णय

प्रकाशित मिति :  23 April, 2020 5:27 pm


काठमाडाैं, ११ वैशाख । 

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दैनिक ३ घण्टा बचत तथा ऋण सहकारी संस्था खोल्न दिने निर्णय गरेको छ ।

आज सूचना जारी गर्दै मन्त्रालयले बढीमा तीन जना कर्मचारी खटाई दिनमा तीन घण्टा संस्थाको कार्यालय खुल्ला गरी आफ्नो निक्षेप रकम फिर्ता लिन आउने सदस्यहरुलाई निक्षेप रकम उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ ।

सहकारी खोल्दा सुरक्षाको विधि,उपाय तथा सामाजिक दुरी कायम राख्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयको क्षेत्राधिकारभित्र रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई दैनिक तीन घण्टा सञ्ञालन गर्न दिन निर्णय गरेको रजिष्ट्रार केशव खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !