२५ बैशाख २०८१, मंगलबार

फेरि एक जना कोरोना संक्रमित थपिए, देशभर संक्रमितको संख्या ४८ पुग्यो

प्रकाशित मिति :  23 April, 2020 8:44 pm


 

काठमाण्डौं, ११ वैशाख । 

आजै थप एक जनामा कोरोना भइरस संक्रमण भेटीएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले २६ बर्षीया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका छन् ।

मन्त्रालय प्रवक्ता डाक्टर अधिकारीले भनेका छन्,‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ४८ रहेको छ जस मध्ये १ जनामा नयाँ पुष्टी भएको छ ।’

आज दिउँसो मात्रै मन्त्रालयले २ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको थियो । उदयपुर र जनकपुरका एक एक जनामा कोरोना संक्रमण भएको जानकारी गराएको थियो । यो संगै नेपालमा कोरोना संक्रममितको संख्या ४८ पुगेको छ ।

मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन ।



प्रतिक्रिया दिनुहोस !