१७ बैशाख २०८१, सोमबार

एनसेलको ‘एनसेल इपिएल लिग’ प्रतियोगिता सुरू

प्रकाशित मिति :  16 August, 2023 6:21 pm


काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (इपिएल) २०२३\०२४ को अवसरमा एनसेल एपमा ‘एनसेल इपिएल लिग’ प्रतियोगिता सुरू गरेको छ।

यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरूले साप्ताहिक रूपमा र इपिएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने मौका पाउँछन्।

सहभागी एनसेल एप प्रयोगकर्ताहरूले इपिएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन्।

प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरू भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरू साप्ताहिक रूपमा भर्न सकिने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूलाई साप्ताहिक रूपमा बोनस प्रश्न पनि सोधिनेछ जसबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ।

मुख्य पुरस्कारका रूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जिबी डेटा सेवा पाउनेछन्।

दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जिबी डेटा सेवाको फाइदा लिन सक्नेछन्। त्यसैगरी, तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जिबी डेटा तीन महिनासम्म पाउनेछन्।

यतिमात्र नभई विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ। यो प्रतियोगिता इपिएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ।

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरूलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ। साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा ९९८ रुपैयाँ पर्ने कम्बो प्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जिबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहने कम्पनीको भनाइ छ।

विजेताहरूको घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फतमार्फत् प्रदान गरिनेछ। पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगी माझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ।

प्रतियोगितामा सहभागीहरूले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन्।

कम्पनीका अनुसार यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य हुनेछन्।

इपिएल खेलहरूको पूर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस !