२२ बैशाख २०८१, शनिबार

लम्पी स्किन राेग नियन्त्रण गर्न सरकारकाे ध्यानकर्षण

प्रकाशित मिति :  18 August, 2023 7:30 am


काठमाडाैँ । सांसदहरूले लम्पी स्किन राेग नियन्त्रण गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् । बिहीवार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकाे वैठकमा सांसदले चासाे व्यक्त गरेका हुन्।

नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताएकी छिन्। 

देउवाले उपयुक्त पशु ल्याव स्थापना गर्न सरकारलाई सुझाव दिएन । कृषि प्रधान देश भनिए पनि उपयुक्त पशु ल्याव नहुनु दुःखद् पक्ष रहेको बताइन्। 

देउवाले भनिन्, “पशु पारासिटामोल समेत नपाएर मरेको भन्नेछ । सबैभन्दा धेरै गरिब ठाउँमा पशु संक्रमण भएको देखिएको छ । गरिब र धनि ठाउँमा न्याय दिलाउने गरि सरकारले राहत दिनुपर्छ ।” 

बैठकमा नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले लम्पी स्किनलाई जरैदेखि निर्मुल गर्न सरकारले योजना बनाउनुपर्ने बताइन्। उनले सरकारले लम्पी स्किन बिरुद्धको खोप ल्याउन सरकारले ठोस योजना याउनुपर्ने बताइन्।

राजवंशीले भनिन्, “लम्पी स्किनलाई जरैदेखि निर्मुल गर्न सरकारले योजना बनाउनुपर्ने देखिन्छ । लम्पी स्किन बिरुद्धको खोप ल्याउने ठोस योजना सरकारले ल्याउनुपर्छ । इण्डियाले नदिएको खण्डमा तुरुन्त अर्को देशबाट ल्याउने व्यवस्था गर्नुपपर्छ । लम्पी स्किनले महामारीको रुप लिएको छ ।”



प्रतिक्रिया दिनुहोस !