१९ बैशाख २०८१, बुधबार

हेर्नुहाेस् चन्द्रमाको अद्भूत दृष्य, पहिलाे पटक सार्वजनिक भयो नयाँ भाैगाेलिक नक्सा

प्रकाशित मिति :  24 April, 2020 1:50 pm


काठमाडौं, १२ वैशाख ।

सधैं सेतो रंगमा देखिने चन्द्रमालाइ अब रंगीविरंगी देख्न पाइने भएको छ । चन्द्रमाको हालसम्म बाहिर नल्याएको अद्भुत देखिने नक्सा सार्वजनिक गरिएको हो ।

चन्द्रमामा मानव आउजाउ गर्नका लागि समेत सहज हुने गरि तयार गरिएको बनाइएको चन्द्रमाको एकीकृत भौगोलिक नक्शा (युनाइफाइन जिओलजिक म्याप) अमेरिकाको युएसजीएस अस्ट्रोजियओलजि साइन्स सेन्टरका वैज्ञानिकहरूले नासा र लुनर एन्ड प्लानिटरी इन्स्टिचुटसँग मिलेर बनाएका हुन् ।

नक्सामा चन्द्रमाको स्केल १ः५,०००,००० उल्लेख गरिएको छ ।

नक्शामा चट्टानका तह लगायतका विभिन्न क्षेत्रको वर्गीकरण गरिएको छ । उदाहरणका लागि गुलाफी रंगले इम्ब्रियन क्षेत्र भनिएको छ । नासाले अहिले चन्द्रमा अभियानको नयाँ तयारी गरिरहेको छ ।

यो अभियान सन् २०२४सम्म पूरा हुने लक्ष्य लिइएको र यसमा पहिलो पटक महिलो अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा हिँडाउने तयारी गरिएको छ ।

‘मानिसहरू चन्द्रमाबाट साह्रै उत्सुक भइ आएका छन् । यो नक्शा भविष्यको अभियानका लागि सहयोगी हुन्छ,’ एजेन्सीहरुले सार्वजनिक गरेको नक्सा सहितको समचारमा युएसजीएसका पूर्व निर्देशक नासाका खगोलशास्त्री जिम रेलीले भनेका छन् । रूसी अन्तरिक्ष अनुसन्धान प्रतिष्ठानले पहिलो तीन आयाम भएको चन्द्रमाको नक्शा बनाउन लागेको छ । रूसले पनि रोस्कसमस लुनर मिसनका लागि सहयोग गर्न बनाइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !