२५ बैशाख २०८१, मंगलबार

पर्यटनमन्त्री किरातीलाई पितृ शोक

प्रकाशित मिति :  23 August, 2023 10:15 am


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।

मन्त्री किरातीका पिता हर्क बहादुर राईको ७६ वर्षको उमेरमा बुधवार बिहान वीर अस्पतालमा निधन भएको हो । वीर अस्पतालमा लामो समयदेखि उपचाररत राई प्यारालाइसिसका बिरामी थिए ।

पछिल्लो समय राईलाई निमोनिया बढेपछि वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। बुधवार बिहान उनको निधन भएको मन्त्री किरातीले जानकारी दिएका छन् । राईको पार्थिव शरीर आजै भोजपुर लैजाने तयारी रहेको मन्त्री किरातीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !