२१ बैशाख २०८१, शुक्रबार

कोरोनाका कारण पुष्प क्षेत्रको साढे ६ अर्व लगानी जोखिममा

प्रकाशित मिति :  24 April, 2020 9:50 pm


A woman picks marigold flowers used to make garlands and offer prayers, before selling them to the market for the Tihar festival, also called Diwali, in Kathmandu, on Tuesday, October 17, 2017. Photo: Reuters

काठमाडाैं, १२ वैशाख । 

कोरोनाका कारण पुष्प क्षेत्रको करिव साढे ६ अर्व प्रत्यक्ष लगानी जोखिममा परेको छ । फूल उत्पादन तथा बजारीकरणको मुख्य सिजनमै कोभिड १९ का कारण लकडाउन बढ्दै गएपछि पुष्प क्षेत्र ठप्प भएको हो ।

फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले सुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस पुष्प क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष आवद्ध जनसक्ति पलाएन हुने जोखिम बढेको जनाएको छ । “आर्थिक अनिश्चितताको कारण पारिवारिक तथा मानसिक समस्या जस्तो जटिल अवस्थामा जान सक्ने जोखिम रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो जोखिमबाट बचाउन नेपाल सरकार तथा मातहतका निकायहरुले तत्कालीन, अल्पकालिन, दिर्घकालिन राहत तथा सहयोगका प्याकेज कार्यक्रम घोषणा गरि यस क्षेत्रको पुनः उद्वार गर्न अत्यन्त आवश्यक रहेको छ ।”

पुष्प क्षेत्रको एकमात्र छाता संस्था फ्लोरिकल्चर एसोसियसन नेपाल समन्वय तथा सहकार्य गर्न सदैब तयार रहेको विज्ञप्तिमा प्रतिवद्धता जाहेर गरिएको छ । पुष्प व्यवसायमा ७ सय बढि लगानी कर्ताह, ४१ हजार भन्दा बढि प्रत्यक्ष अप्रत्यक्ष आवद्ध रहेका छन् । पुष्प क्षेत्रको मागको ८५ प्रतिशत आपूर्ति स्वदेशी उत्पादनबाट हुदै आएको छ ।

वार्षिक लगभग ३ अर्ब आर्थिक कारोबार हुने पुष्प क्षेत्र ४३ जिल्लामा संगठित विस्तार भइसकेको छ । “यस्तो अवस्थामा यस क्षेत्रमा लागेका जनशक्ति पलाएन हुने र आर्थिक अनिश्चितताको कारण पारिवारिक तथा मानसिक समस्या जस्तो जटिल अवस्थामा जान सक्ने जोखिम रहेको छ,” विज्ञप्तिमा भनिएको छ,” “यस्तो जोखिमबाट बचाउन नेपाल सरकार तथा मातहतका निकायहरुले तत्कालीन, अल्पकालिन, दिर्घकालिन राहत तथा सहयोगका प्याकेज कार्यक्रम घोषणा गरि यस क्षेत्रको पुनः उद्वार गर्न आवश्यक छ ।” पुष्प क्षेत्रमा दैनिक सवा करोडको क्षति भएको महासचिव विश्वमणी पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस !