२४ बैशाख २०८१, सोमबार

सरकारी सम्पतीको दुरुपयोग र हेलचक्याइँ (१५ तस्बिर)

प्रकाशित मिति :  2 September, 2023 10:26 am


काठमाडाैँ । जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ? यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरु भइदिँदा दिनप्रतिदिन आम नागरिकहरुले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ । 

सरकारी कार्यालय भनेपछि यसै त कुनैपनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ? यो आम मानिसको प्रश्न हो ? यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरुको हरिबिजोग छ । 

त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् । सरकारले सरसफाई र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरुले काम गरे/नगरेको निरीक्षण गर्नेहरु आफ्नै धुनमा मस्त हुन्छन् ।

सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जिर्ण भवनमा टेको लगाएको देख्न सकन्छ भने लोक बाजा संग्रालयको अवस्था फोटोमा हेर्नुहोस् । 

सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् । सिंहदरवार अगाडि राखिएको तोपको कुनै महत्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पती तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् । 

संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरु आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृति सम्पदा, ऐतिहासिक महत्व बोकेका धरोहरका विषयवस्तुहरुको लापरबाही गरेर बस्छ । 

राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जिर्ण साइन बोर्ड, यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पतीहरुको दुरुपयोग र हेलचेक्र्याँइ छ । 

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सरकारी सम्पतीमाथि नेतृत्वको हेलचेक्र्याँइ र दुरुपयोग सम्बन्धी यी यी तस्बिर: 



प्रतिक्रिया दिनुहोस !