५ जेष्ठ २०८१, शनिबार

मुक्तिनाथ कृषिले सार्वजनिक गर्याे पाँच वर्षे रणनीतिक याेजना, एपदेखि कल सेन्टरसम्म सञ्चालनमा

प्रकाशित मिति :  4 September, 2023 7:41 am


काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नाे ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ सार्वजनकि गरेकाे छ। 

आइवार एक कार्यक्रमकाबिच काठमाडाैँमा कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने उद्देश्यले पाँच कृषि संरचनाहरुको डिजिटल रुपमा उद्घाटन गरिएकाे हाे।

कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालले कम्पनीकाे इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीस्थित प्रादेशिक कार्यालयहरू उद्घाटन गरेका हुन्।

मन्त्री भूसालले स्याङजा र चितवनस्थित ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवद्र्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’, र  आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ काे एकै पटक उद्घाटन गरेका हुन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. मिन बहादुर श्रेष्ठ, कृषि सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरू कार्यक्रममा उपस्थित थिए।

कृषि मन्त्री भूषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहने चर्चा गर्दै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठज्यूले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए।

सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसंग कोदोजन्य बालि वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

कृषि सचिव गाेविन्द शर्मा आचार्यले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताए। 

कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि सम्भावनाहरुको सम्बन्धमा प्रस्तुत गरेका थिए।

कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए।

मुक्तिनाथ कृषि कम्पनी लि., ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासंग मुक्तिनाथ’ अभियानद्वारा ‘संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण’ गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं. २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । 

कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने साथमा विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस !