६ जेष्ठ २०८१, आइतबार

कृषि तथा वातावरण विद्यार्थीका लागि पाँच दिने ‘हिँडाइ तालिम’ सम्पन्न

प्रकाशित मिति :  7 September, 2023 8:09 am


काठमाडाैँ । खाद्यका लागि कृषि अभियानले खाना, खेतीपाती र पयार्वरणका संकटहरूलाई केन्द्रमा राखेर, कृषि तथा वातावरण विज्ञानका स्नातकहरूसँगकाे हिँडाइ तालिम सम्पन्न गरेकाे छ ।

हालै सम्पन्न पाँच दिने तालिममा अवलाेकन, अन्तक्रिया, छलफल, अन्तर्वार्ता र स्व-चिन्तन जस्ता सहभागितात्मक सिकाइ विधिहरूकाे प्रयाेग गरिएकाे अभयिानका संयाेजक उद्धव अधिकारीले जानकारी दिए।

चितवनकाे फिस्लिङबाट सुरू भएकाे तालिम माडिमा समापन भएकाे हाे । तालिमकाे अवसरमा सहभागिहरूलाई महाभारत, चुरे र मधेशकाे जिवनशैलि, पयार्वरणीय अवस्था र बढिरहेका पर्यावरणीय जाेखिमका बारेमा अवलाेकन सहितकाे जानकारी प्रदान गरिएकाे जनाइएकाे छ।

परम्परागत खेतीपाती र खेतीपातीकाे संकृति, जैविक कृषिका सिद्वान्त र अभ्यासहरू, खेतिकिसानी र सामाजिक उद्ममशिलताकाे बारेमा जानकार गराउँदै चितवनमा खेतीपातीकाे असल अभ्यास गरिरहेका किसानहरूकाे अभ्यास क्षेत्रकाे अबलाेकन गरिएकाे हाे।

हिड्दै तालिम निकै नै प्रभावकारी सिकाइ प्रणालीकाे रूपमा देखिएकाे कृषि विज्ञ, खाना र खेतिपातीका अभियन्ता डा. कृष्ण पाैडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !