६ जेष्ठ २०८१, आइतबार

वीरगञ्जका दुइजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित ५१ पुगे

प्रकाशित मिति :  26 April, 2020 12:57 pm


काठमाण्डौं, १४ वैशाख ।

वीरगञ्जका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणनको नतिजा अनुसार २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।

दुबै जना ५० बर्षीय पुरुष रहेको मन्त्रालयलय जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘ हालको अध्यावधिक विवरण अनुसार कोभिड—१९ को पुष्टि भएकाहरुको जम्मा संख्या ५१ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । उहाँहरु दुबै पर्सा,वीरगञ्ज निवासी ५० बर्षीय पुरुषहरु हुनुहुन्छ ।’

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार दुबै अस्पतालको आइसोलेशनमा अस्पतारमा रहेको र स्वास्थ्य अवस्था सामान्य छ ।

मन्त्रालयको संख्या अनुसार अहिलेसम्म संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना भने निको भएर डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस !