२० बैशाख २०८१, बिहिबार

ललितपुर दुग्ध उत्पादक सहकारी संघकाे २३ औँ साधारणसभा सम्पन्न

प्रकाशित मिति :  9 September, 2023 7:53 pm


काठमाडाैँ । दुग्ध उत्पादक सहकारीमा अग्रणी स्थानमा पर्ने ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. काे २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ।

ललितपुरकाे चापागाउँमा शनिवार सम्पन्न साधारणसभामा दुग्ध क्षेत्रका सराेकारवालाले संस्थाकाे प्रगतिकाे उच्च प्रशंसा गर्दै सफलताकाे शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि वागमती प्रदेशका उद्योग वाणिज्य तथा सामान्य प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकारले सहकारीले नमूना काम गरेकाे बताए । उनले कृषि सहकारीकाे महत्वका बारेमा चर्चा गर्दै ललितपुर जिल्लाले दुग्ध क्षेत्रमा गरेका याेगदानप्रति धन्यवाद ज्ञापन गरे।

सांसद मधुसुधन पाैडेल र उर्मिला लामाले पनि कार्यक्रममा उपस्थित भएर शुभकामना व्यक्त गरेका थिए। केन्द्रीय दूध सहकारी संघका अध्यक्ष अमर बहादुर कुवर, केन्द्रीय दूध सहकारी संघका महासचिव रामप्रसाद आचार्य, वागमती प्रदेस सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, डेरी एसाेसिएनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दहाल लगायतले दुग्ध सहकारीकाे भूमिका बारे चर्चा गरेका थिए।

कार्यक्रममा गाेदावरी नगरपालिकाकाे मेयर गजेन्द्र महर्जन, काेन्ज्याेसाेम गाउँपालिकाकाे अध्यक्ष कृष्णमान लामा, महाँकाल गाउँपालिकाकाे उपाध्यक्ष डाेल्मा लामा, जिल्ला सहकारी संघ ललितपुरका रुपेस तिमल्सिना, जिल्ला कृषि सहकारी संघका चित्रराज तिमल्सिना, विद्युत सहकारीका गाेविन्द बजगाई, तथा विभिन्न डेरी उद्योगको प्रतिनिधिहरु अतिथिकाे रुपमा उपस्थित थिए।

ललितपुर जिल्लामा संचालित ६० वटा भन्दावढी दुग्ध सहकारीका प्रतिनिधिहरुकाे उपस्थितिमा अध्यक्ष लगायतका प्रतिवेदन पास गर्दै संघकाे साधारणसभा सम्पन्न भएकाे छ। विनियम पुनर्लेखन, विनियमावलीहरु, निर्देशिका र कार्यविधिहरुमा समेत छलफल गरी पारित गरिएकाे हाे।

कार्यक्रममा उत्कृष्ट कृषक र उत्कृष्ट सहकारी संस्था एवं उल्लेख्य शेयर सहभागिता गर्नेहरूलाई सम्मान गरीएकाे थियाे। जिल्ला संघका सभापति संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीलाइ थप उँचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !