५ जेष्ठ २०८१, शनिबार

राप्ती गाउँपालिकामा कर बुझाउनेलाई रायाे र मुलाकाे बिउ उपहार !

प्रकाशित मिति :  13 September, 2023 8:45 am


देउखुरी । दाङकाे राप्ती गाउँ पालिकाले ‘जनताको कर जनताको घरमा’ अभियान सञ्चालन गरेकाे छ । अभियान अन्तर्गत मंगलवारदेखि पालिकामा कर बुझाउन आउनेलाई मुला र रायाेकाे बिउ उपलब्ध गराउन थालेकाे हाे।

करप्रति जनतालाई उत्तरदायी बनाउन पालिकाले नयाँ अभियान चलाएकाे हाे । गाउँपालिका कार्यालय र बडा कार्यालयमा पनि कर बुझाउनेलाई उपहार स्वरूप बिउ उपलब्ध गराइने पालिका प्रमुख प्रकाश विष्टले जनाए।



प्रतिक्रिया दिनुहोस !