२० बैशाख २०८१, बिहिबार

आज हरितालिका तीज, विश्वभर हिन्दू नारीले हर्षाेल्लासका साथ मनाउँदै

प्रकाशित मिति :  18 September, 2023 9:00 am


काठमाडाैँ । आज (साेमवार) हिन्दू संस्कार अनुसार हरितालिका तीज मनाइँदै छ। नेपाल र विश्वभर छरिएका नेपाली नारीहरूले तीज पर्व विशेष प्राथमिकता दिएर मनाइउदैछन्।

भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउदै आएका छन्।

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरेकाे प्रसंग तीजसँग जाेडिने गरेकाे छ। 

भगवान् विष्णुको सल्लाह बमाेजिम भगवान शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सुझाए अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएकाे जनविश्वास छ।

पार्वतीले पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाे दिनकाे स्मरण गर्दै महिलाहरूले याे दिन आफ्नाे पतिकाे लामाे उमेरकाे र विवाह नभएकाले शिवजी जस्तै याेग्य वर प्राप्तीका लागि ब्रत वस्ने गरेकाे पाइन्छ।

तीजकाे दिन पुरूषहरू पनि ब्रत वस्ने चलन रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !