१२ श्रावण २०८१, शनिबार

शिख नेता हत्याको विषयलाई लिएर भारत र क्यानडाबिचको सम्बन्ध चिसियो

प्रकाशित मिति :  19 September, 2023 11:56 am


काठमाडौँ । शिख नेता हत्याको विषयलाई लिएर भारत र क्यानाडाको सम्बन्ध चिसिएको छ ।

दुबै देशले एक अर्काका कुटनीज्ञिलाई आफ्नो देश छोड्न आदेश दिएका छन् ।

शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नताको आरोप लगाउँदै क्यानडा सरकारले हिजो भारतका एक उच्च तहका कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो ।

क्यानडा यो निर्णयमा पुग्नु अघि प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको जानकारी गराएका थिए ।

जवाफमा भारतले पनि भारतमा रहेका क्यानडाका कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

भारत सरकारले क्यानडाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र भारत विरोधी गतिविधिलाई साथ देखाएको भन्दै क्यानडाप्रति चिन्ता व्यक्त गरेको छ । गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस !