चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
प्रकाशित मिति : 15 December, 2025 5:34 pm
काठमाडाैँ । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन् ।
सोमवार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गरे ।
उनले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरू सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरू चल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।उनले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरू सामना गर्ने संकल्प समेत आफूहरूले गरेको बताइन् ।








