२९ मंसिर २०८२, सोमबार

अध्यक्ष पदका लागि ईश्वर पोखरेल र केपी ओलीले दर्ता गरे उम्मेदवारी

प्रकाशित मिति :  15 December, 2025 4:49 pm


काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा थप स्पष्ट भएको छ। सोमबार काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। दुबै नेताले प्यानल खडा गरेर प्रतिस्पर्धा गर्ने तयारी गरेको भए तापनि केही नेताहरूले व्यक्तिगत रूपमा पनि चुनावमा उत्रिने दाबी गरेका छन्।

यसअघिका अनुभवअनुसार, महाधिवेशनमा दुई समूहबिच पदाधिकारीको प्रतिस्पर्धा हुने देखिएको छ, जसले पार्टी भित्रको वैचारिक र नेतृत्व सम्बन्धी बहसलाई थप सघर्षपूर्ण बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !