६ जेष्ठ २०८१, आइतबार

आज मात्रै तीन जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

प्रकाशित मिति :  26 April, 2020 7:07 pm


काठमाडाैं, १४ वैशाख ।

कोरोना संक्रतिको संख्या ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बेलुकी थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कोशी अस्पतालमा भएको परीक्षणका क्रममा झापाका ५० बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका सह—प्रवक्ता समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘ हालको अध्यावधिक विवरण अनुसार कोभिड—१९ को पुष्टि भएकाहरुको जम्मा संख्या ५२ पुगेको छ । आज कोशी अस्पताल, बिराट नगरमा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टि भएको संख्या एक छ । उहाँ झापा निवासी ५० बर्षीय पुरुष हुनुहुन्छ ।’

आज मात्रै तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

विहान मात्रै मन्त्रालयले वीरगञ्जका दुईजनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणनको नतिजा अनुसार २ जनामा कोरोना संक्रमणको पुष्टि र

दुबै जना ५० बर्षीय पुरुष रहेको मन्त्रालयलय जनाएको थियो ।

संक्रमित ५२ मध्य १६ जना भने यसअघि नै उपचारपछि घर फर्किसकेका भछन् ।



प्रतिक्रिया दिनुहोस !