२२ बैशाख २०८१, शनिबार

फ्लोरिकल्चर एसोसिएसन नेपालभित्र विवाद,नर्सरी व्यवसायीले गठन गरे नयाँ संस्था

प्रकाशित मिति :  22 September, 2023 7:09 pm


काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपालभित्र विवाद देखिएको छ ।

केही असन्तुष्ट सदस्यले छुट्टै संगठन निर्माणको प्रयास गरेपछि एसोसिएसनभित्र विवाद देखिएको हो ।

अध्यक्ष मिनबहादुर तामाङले विज्ञप्ति निकाल्दै ‘केही समय देखि केही असन्तुष्ट सदस्यहरूले सम्पूर्ण पुष्प व्यवसायीहरूमा व्यवसायिक सद्भावमा समेत खलल पुग्ने गरी अवान्छित गतिविधि गरिरहेको’ उल्लेख गरेका छन् ।

स्रोतका अनुसार एसोसिएसनका पूर्व अध्यक्ष कसजुको सकृयतामा नर्सरी व्यवसायीहरूको छुट्टै भेलाको जानकारी पाएपछि अध्यक्ष तामाङ्ले विज्ञप्ति निकालेका हुन् ।

कसजुले नर्सरी व्यवसायीको भेलामा आफ्नो कुनै भूमिका नरहेको बताए । उनले भने,“ म रिटायर मान्छे कसरी भेला बोलाउनु, व्यवसायीहरूले बोलाएका होलान् ।” नर्सरी व्यवसायीहरूले छुट्टै भेला बोलाएको थाहा पाएपछि त्यसको पूर्वसन्ध्यामा अध्यक्ष तामाङले विज्ञप्ति जारी गरेका थिए ।

सामाजिक सञ्जालमा आएको तस्बिरमा भने कसजु पनि देखिन्छन् । यसअघि एशोसियसनले कसजुमाथि आर्थिक हिनामिना गरेको पाइएपछि कारवाही गरेको बताइन्छ।

नवगठित नर्सरी एसोसिएसन नेपालको समूह

उनले विज्ञप्तिमा ‘आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि कुनै एक बिधाको छुट्टै संगठन निर्माण गर्न भनी अग्रसर भई पुष्प व्यवसायीहरुलाई भ्रम श्रृजना गराई आफ्नो अभिष्ट पुरा गर्न तल्लिन रहेको’ उल्लेख छ ।

नर्सरी व्यवसायीहरूले आजै काठमाडौँमा भेला गरेर नसंरी एसोसिएसन अफ नेपाल गठन गरेका छन् ।

यससँगै एसोसिएसनभित्रको विवाद सतहमा भएको छ ।

अध्यक्ष तामाङले जारी गरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस !