१५ बैशाख २०८१, शनिबार

महिला आश्रमलाई एक महिना पुग्ने खाद्य वस्तु सहयोग

प्रकाशित मिति :  27 April, 2020 10:28 am


कपिलवस्तु, १४ बैशाख ।

युवा नेता तथा लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले महिला आश्रय गृहलाई खाद्यान्न, उपभोग्य र सरसफाईका सामग्री सहयोग प्रदान गरेका छन् ।

लकडाउनका बेला समस्यामा रहेको महिला तथा बालिका आश्रय गृहलाई सहयोग पुगेको आश्रय गृह प्रमुख विमला घिमिरेले बताइन् । ‘दिगो आर्थिक स्रोत नहुदा बेलाबेला आश्रय गृहमा समस्या पर्छ,’ उनले भनिन्, ‘समस्या पर्दा आएको यो सहयोगले धेरै राहत पुगेको छ ।’

ज्ञवालीले एक महिनालाई पुग्ने सदरमुकाम तौहिलवामा संचालित गृहलाई चामल, खाने तेल, दाल, नुन, मास्क र सरसफाई सामग्री प्रदान गरिएको हो । ‘कोरोना भाईरस संक्रमणका कारण लामो समयदेखि लकडाउन हुदा जनजीवन प्रभावित छ,’ ज्ञवालीले भने, ‘यस्तो कष्टकर अवस्थामा रहेका प्रभावितलाई सहयोग गर्नु पाउदा खुसी छु ।’

आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने उनले बताए । गृहमा ८ महिला तथा बालबालिका आश्रित छन् । साथी संस्थाद्वारा संचालित गृहले हिंसा प्रभावित महिला तथा बालिकालाई आश्रय दिदै आएकोछ ।



प्रतिक्रिया दिनुहोस !