२ जेष्ठ २०८१, बुधबार

नेपाली बजारमा उच्च गुणस्तरको क्यामियो फायर १०० इयरबड्स आउँदै

प्रकाशित मिति :  2 October, 2023 10:55 am


काठमाडौँ । नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड भित्रिएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरू कोर्न र रिभरसँग ब्राण्डको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी क्यामियो इन्टरनेशनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्र्याउन लागेको हो।

कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरू नेपाली बजारमा ल्याउने छ। युवा प्रयोगकर्ताहरूको चाहना र बजार मागलाई ध्यानमा राखेर नयाँ ईयरबड्स लन्च गर्न लागेको जनाइएको छ।

नयाँ क्यामियो फायर १०० इयरबड्समा उच्च गुणस्तरको स्टेरियो एचडी साउण्ड क्वालिटी रहेको छ भने एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। यति मात्र नभई यो क्यामियो फायर १०० इयरबड्स ३० दिनको स्ट्याण्डबाई सुबिधा रहेको छ भने यसले कतै बाहिर घुम्न जाँदा चार्जिङ्गको चिन्ताबाट पुरै मुक्त गर्ने कम्पनीको भनाइ छ ।

इयरबड्सलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर रहेको छ । क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ नविनतम ब्लूटुथ भर्सन ५।३ रहेको छ। जसले सजिलै स्मार्टफोनसँग कनेक्ट गर्न सक्ने कम्पनीले जनाएको छ ।

एआई–इएनसी रहेको इयरबड्सले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गरेर चाहेअनुसारको साउण्ड प्रदान गर्ने जनाइएको छ । क्यामियो फायर १०० इयरबड्समा प्रयोगकर्ताको सुबिधाको लागि इयरबड्समा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने इयरबड्स चार्जिङ्ग बक्समा शक्तिशाली ४०० एमएएचको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !